गोली प्रहार

सशस्त्र प्रहरीले चलाएको गोली लागेर एकको मृत्‍यु, पाँच घाइते

काठमाडौं, ३० जेठ । सर्लाहीको नेपाल-भारत सीमामा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा झडप भएको हो ।

झडपका क्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेको परिचय खुल्न बाँकी रहेको सशस्त्र प्रहरीले जनाएको छ । घटनामा तीन जना सशस्त्र प्रहरी र भारतीय पक्षका दुई जना घाइते भएका छन् ।

प्रहरीको हतियार खोस्ने भारत सितामढी, लालबन्दीका ४५ वर्षीय लगन रामलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । भारतबाट २०–२५ जनाको टोली आएर संग्रामपुरस्थित बोर्डर आउट पोष्ट (बीओपी) मा विवाद गरेका थिए ।

उनीहरुलाई फर्काएको केहीबेरमा करिब एक सय जनाको टोली आएपछि विवाद बढेको प्रहरीको भनाइ छ । त्यसक्रममा १० राउण्ड हवाई फायर पनि गर्नुपरेको सशस्त्र प्रहरीको भनाइ छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्