कोरोना संक्रमित

ब्राजिलमा कोरोना भाइरसका कारण ४० हजार बढीको मृत्यु

ब्राजिलको स्वास्थ्य मन्त्रालयले ब्राजिलमा कोरोनाभाइरसका कारण ४० हजार ९१९ जनाको मृत्यु भएको जनाएको छ । पछिल्लो २४ घण्टाको अवधिमा ब्राजिलमा एक हजारर २३९ जनाको ज्यान गएको छ । यही अवधिमा ३० हजार २१४ जना नयाँ संक्रमित देखिएका छन् । ब्राजिलमा कोरोनाभाइरसबाट संक्रमित भएका व्यक्तिहरुको संख्या ८ लाख ९ हजार पुगिसकेको छ ।

विश्वमै संयुक्तराज्य अमेरिकापछि ब्राजिलमा सबैभन्दा बढी मानिस संक्रमित भएका छन् । अमेरिकामा २० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाभाइरसबाट विश्वभर ७५ लाखभन्दा बढी मानिस संक्रमित हुनुका साथै ४ लाख २० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । एजेन्सी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

2 thoughts on “ब्राजिलमा कोरोना भाइरसका कारण ४० हजार बढीको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्