एनआरएनए

विश्वमा अलपत्र परेका नेपालीको छिटो उद्धार गर्न एनआरएनएको आग्रह

काठमाडौं, ३१ जेठ । विश्वमा अलपत्र परेका नेपालीको छिटो उद्धार गर्न गैरआवासीय नेपाली संघका क्षेत्रीय संयोजकहरुले नेपाल सरकारसमक्ष आग्रह गरेका छन् । संघका अमेरिका, मध्यपूर्व, युरोप र अफ्रिका क्षेत्रका क्षेत्रीय संयोजकले नेपाली नागरिकहरुलाई सरलरुपमा नेपाल फर्काउने व्यवस्था मिलाउन अनुरोध गरेका छन् ।

संयुक्तरुपमा निकालिएको विज्ञप्तिमा हवाई शुल्क तिर्न सक्ने र नसक्ने सबैलाई सँगसँगै उद्धार गर्न आग्रह गरिएको छ । वैदेशिक रोजगारी कल्याणकारी कोषमा भएको रकमसमेत प्रयोग गरी बेखर्ची र अप्ठ्यारोमा परेकालाई नेपाल लैजान अनुरोध गरिएको छ । नेपाल सरकारले विदेशमा अलपत्र नेपालीलाई नेपाल फर्काउन शुरु गरिसकेको छ । म्यानमार, संयुक्त अरब इमिरेट्स र कुवेतबाट पहिलो चरणमा नेपाली फर्किसकेका छन् ।

यता,कतारस्थित नेपाली दूतावासले स्वदेश फर्किने ५ हजार १ सय १२ नेपालीको सूची सार्वजनिक गरेको छ । दूतावासका अनुसार आफन्तको मृत्यु भई काजक्रियाका लागि नेपाल जानुपर्ने, सुत्केरी तथा गर्भवती,संक्रमणबाहेक अन्य गम्भीर रोग भएका बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका, अध्ययन समाप्त भएका विद्यार्थी, पारिवारिक भेटघाटका लागि तथा पर्यटक तथा व्यापारिक भिसामा आएकालाई प्राथमिकतामा राखिएको छ ।

यस्तै श्रम करार अवधि सकिएका वा रोजगारी गुमाएका, कतार आईडी र भिसाको म्याद सकिएका तथा आईडी रद्द भएका, बेतलबी बिदामा रहेकालाई पनि नेपाल फर्काउने सूचीको प्राथमिकतामा राखिएको छ । दूतावासका अनुसार यही जुन १६ र २० मा नेपाल एयरलाइन्सका २ उडान र १७ र २२ तारिखमा हिमालय एयरलाइन्सका २ उडानबाट नेपाली स्वदेश फर्किनेछन् । हवाई भाडा भने आफैले तिर्नुपर्नेछ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्