डोनाल्ड ट्रम्प

प्रहरीले शंकास्पद व्यक्तिलाई पक्राउ गर्दा घाँटी थिच्ने व्यवस्था बन्द गरिनुपर्छ : राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले प्रहरीले शंकास्पद व्यक्तिलाई पक्राउ गर्दा घाँटी थिच्ने व्यवस्था सामान्य रुपमा बन्द गरिनु पर्ने पक्षमा रहेको बताए । अमेरिकी सञ्चारमाध्यम फक्स न्यूजसंग कुरा गर्दै उनले घाँटी थिच्न प्रतिबन्ध लगाउनु अति राम्रो हुने भन्दै तर अझै पनि केही अवस्थामा भने सो कार्य आवश्यक हुन सक्ने तर्क गरे ।

अमेरिकी कांग्रेसमा डेमोक्र्याट्स र रिपब्लिकनहरुले प्रहरी सेवा सुधार सम्बन्धी विधेयकमा पनि घाँटी थिच्न प्रतिबन्ध लगाउने जोड दिएपछि राष्ट्रपति ट्रम्पको यस्तो भनाई सार्वजनिक भएको हो । प्रहरी नियन्त्रणका क्रममा अश्वेत अमेरिकी नागरिकको मृत्यु भएपछि चर्किएको विरोधपछि कतिपय अमेरिकी प्रहरीले घाँटी थिच्ने कार्यमा रोक लगाएका छन् ।

गत मे २५ मा मिनेशोटाको मिनियापोलसमा निहत्था फ्लोइडलाई प्रहरीले नियन्त्रणका क्रममा घुँडाले थिचेपछि उनको मृत्यु भएको थियो । त्यसपछि प्रहरी ज्यादती र रंगभेदविरुद्ध अमेरिकासहित विश्वभर प्रदर्शन भइरहेको छ । ट्रम्पमाथि प्रहरी प्रशासनमा सुधार गर्न चर्को दबाब छ । एजेन्सी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्