मन्त्रिपरिषद्

एमसीसीबारे छलफल गर्न नेकपाको केन्द्रीय सचिवालय बैठक बस्दै

काठमाडौँ, ३२ जेठ। आइतबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक बस्दैछ । एमसीसीबारे छलफल गर्नका लागि नेकपाको सचिवालय बैठक बोलाएको हो । बैठक अपराहन्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ। सो बैठकमा एमसीसी परियोजनाको विषयमा छलफल हुनेछ ।

नेकपाले गत २७ गते पनि सचिवालय बैठक बोलाएको थियो । बैठकमा एमसीसी कार्यदलका सदस्यहरु भीम रावल र प्रदीप ज्ञवालीसहित अर्थमन्त्री डा. युवराज खतिवडालाई बोलाइएको छ । सम्भवतः आजको बैठकबाट एमसीसीबारे टुंगो लगाउने नेकपाको तयारी छ ।कार्यदलले नै एमसीसी अहिलेकै रुपमा पारित गर्न नहुने सुझाव दिएपछि नेकपा दबाबमा आएको हो ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्