मृत्यु

स्वास्थ्य कर्मीले आफ्नै रगत दिँदापनि बचेनन् गुल्मीका कोरोना संक्रमित

काठमाडौँ, ३२ जेठ। नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोक निवासी ३६ वर्षीय पुरुषको रेसुङ्गा नगरपालिका वडा नम्बर–९ स्थित आइसोलेसनमा रहेका उनको गएराति कोरोना संक्रमणका कारण मृत्यु भएको हो।

भारतबाट आएर धुर्कोटको क्वारेन्टाइनमा रहेका बेला गत जेठ १२ गते उनमा कोरोना पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनलाई जेठ १३ गतेदेखि तम्घासमा रहेको आसोलेसनमा राखेर उपचार सुरु गरिएको थियो ।

उनी २ वर्षदेखि आन्द्राको क्यान्सरबाट पनि पीडित भएकाले उपचारमा समस्या भएको थियो। उनमा रक्त अल्पताको समस्या देखिएपछि उनकै उपचारमा खटिएकी स्वास्थ्यकर्मीले रगत दिएकी थिइन् तर कोसिस गर्दागर्दै पनि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले उनलाई बचाउन सकेनन् ।

यससंगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १९ पुगेको छ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्