badi, pahiro, hola

वर्षासहित आएको भेलले मिनी ट्रक बगायो

काठमाडौँ, ३२ जेठ। सोलुखुम्बुमा विद्युत्को पोल ढुवानीमा प्रयोग गरिएको मिनी ट्रक खहरेखोलाले बगाएको छ । शनिबार सोलुदूधकुण्ड नगरपाकालिका र थुलुङदूधकोशी गाउँपालिका सिमानामा पर्ने भित्तेखोलाले उक्त ट्रक बगाएको प्रहरीले जनाएको छ।

नेपाल विद्युत् प्राधिकरणको ग्रामीण विद्युतीकरणका लागि आवश्यक पोल ढुवानीमा प्रयोग भइरहेको सो मिनीट्रक केही दिन अगाडिदेखि बिग्रिएर सोही खोला किनारमा पार्किङ गरेर राखिएको थियो । बिग्रिएर पार्किङ गरी राखिएको बा३क ३५५६ नंबरको ट्रक वर्षासहित आएको भेलले सडकदेखि करिब ५० मिटर तल बगाएको प्रहरीले जनाएको छ। ट्रकमा पूर्णरुपले क्षति पुगेको बताइएको छ ।

ठेकेदार हरि खड्काले त्यस क्षेत्रमा काम गरिरहेको भए पनि उक्त ट्रक कसको हो भन्नेसमेत खुल्न नसकेको प्रहरीको भनाइ छ । अहिले ट्रकधनीको खोजी भइरहेको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

शुक्रबार मात्रै प्राधिकरणकै विद्युत्को पोल लिएर सल्लेरीतर्फ आउँदै गरेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो । सोलुदूधकुण्ड नगरपालिका–८ शिकारीडाँडामा दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्