अभिनेत्री नम्रता श्रेष्ठ

अभिनेत्री नम्रता श्रेष्ठको ३५ बर्षलाई फर्केर हेर्दा

अभिनेत्री नम्रता श्रेष्ठ ३५ वर्ष पुगेकी छन् । उनले आज आइतबार आफ्नो ३५औ जन्मदिन परिवारसँग मनाउने भएकी छन् । नेपाली फिल्म क्षेत्रकी हट एण्ड ब्युटि अभिनेत्री श्रेष्ठलाई सहकर्मी, अग्रज, फ्यानलगायतले सामाजिक सञ्जालको माध्यमबाट जन्मदिनको शुभकामना ब्यक्त गरिरहेका छन् ।

फिल्म ‘सानो संसार’ बाट अभिनय करिअर सुरु गरेकी नम्रता लभस्टोरी फिल्ममा सबैभन्दा रुचाइएकी अभिनेत्रीमा पर्छिन् । ‘मेरो एउटा साथी छ’, ‘नोभेम्बर रेन’, ‘क्लासिक, ‘प्रसाद’ जस्ता फिल्ममा जीवन्त अभिनय गरेर दर्शकको मनमा बस्न सफल भएकी उनले आफूलाई निर्मात्रीको रुपमा पनि चिनाइसकेकी छन् । उनले ‘सोल सिस्टर’ र ‘जाइरा’ फिल्ममा लगानी गरेकी थिइन् । तर यी दुबै फिल्मले उनलाई ब्यावसायिक लाभ भने दिन सकेन ।

मोडलिङबाट करियर सुरु गरेपछि थिएटर हुँदै फिल्म अभिनयमा प्रवेश गरेकी नम्रता बेलाबेलामा प्रेम प्रसंगका कारण पनि चर्चामा रहने गर्दछिन् । उनी पछिल्लो समय दावा स्टिभन शेर्पासँगको प्रेममा रहेको चर्चा फिल्म क्षेत्रमा चलेको छ । नम्रता फिल्मको छायांकन सेटदेखि सार्वजनिक कार्यक्रममा समेत प्रेमीको साथमा पुग्ने गरेकी हुन्छिन् । तर, उनीहरुले तत्काल विवाहको योजना भने बनाएका छैनन् ।

पर्दामा दर्शकले उनको जोडी अभिनेता आर्यन सिग्देलसँग रुचाउने गरेका छन् । यी दुईले सहकार्य गरेका फिल्म बक्सअफिसमा सफल पनि छन् । तर, फिल्म ‘क्लासिक’ पछि उनीहरुबीच सहकार्य हुन सकेको छैन । त्यस्तै, नम्रताका लागि लक्की निर्देशक दिनेश राउत मानिन्छन् । उनले निर्देशक राउतको एक्सन कटमा चार फिल्म गरेकी छन्, जसमा तीन फिल्म हिट छन् ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्