sushant sing

बलिउड चर्चित अभिनेता सुशान्त सिंह राजपूतले गरे आत्महत्या “मोदी सम्म चकित” !!!

बलिउड अभिनेता सुशान्त सिंह राजपूतले मुम्बईस्थित आफ्नो फ्ल्याटमा झुण्डिएर आत्महत्या गरेका छन् । ३४ वर्षीय सुशान्तले किन आत्महत्या गरे भन्ने अहिलेसम्म कुनै जानकारी आएको छैन ।

घरका कामदारले प्रहरीलाई बताए अनुसार उनी हिजोदेखि निकै तनावमा थिए । ती कामदारका अनुसार बिहान ढिलोसम्म ढोका नखोलेपछि अर्को चाबीले मेन गेट खोलेर भित्र प्रवेश गरेका थिए । भित्र सुशान्तको शव पंखामा झुण्डिरहेको अवस्थामा उनले फेला पारेका थिए । केही समयअघि मात्र बलिउडका दिग्गज कलाकार इरफान खानर र ऋषि कपूरलाई गुमाएको बलिउड इन्डष्ट्रिले फेरि एउटा होनाहार अभिनेता गुमाएको छ ।

सुशान्तको मृत्युपछि बलिउड इन्डष्ट्रि अहिले शोकमा छ । यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सुशान्तको मृत्युमा दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै मोदीले एक होनाहार अभिनेता छिट्टै बिदा भएको भन्दै दुःख व्यक्त गरेका छन् । मनोरञ्जनको दुनियामा उनको उदयले धेरैलाई प्रेरित गरेको उनले बताएका छन् ।

सुशान्त निकै क्षमतावान अभिनेता थिए । भगवानले उनको परिवारलाई यो दुःख सहन सक्ने शक्ति देओस् ।अक्षय कुमार, अभिनेता

सुशान्त मेरो निकै नजिकका र राम्रा साथी थिए । जे घटना भयो मैले विश्वास गर्न सकिरहेको छैन । -नवाजुद्दीन सिद्दीकी, अभिनेता

डिप्रेसन सबैभन्दा ठूलो महामारी हो ।उर्वशी रौतेला, अभिनेत्री

सुशान्तको मृत्युको खबरले निकै दुःखी छु, भगवानले परिवारलाई धैर्यधारण गर्ने शक्ति देओस् ।अजय देवगन, अभिनेता

धोनीको बायोपिक फिल्म ‘एमएस धोनी’मा सुशान्तसँगै काम गरेका आलोक पाण्डेका अनुसार सुशान्तले आत्महत्या गर्नुपर्ने कुनै कारण नै थिएन । एजेन्सी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

One thought on “बलिउड चर्चित अभिनेता सुशान्त सिंह राजपूतले गरे आत्महत्या “मोदी सम्म चकित” !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्