sarita giri

सरिता गिरीलाई सांसद र पार्टी सदस्य दुबै पदबाट हटाइने

काठमाडौँ, १ असार। समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई समाजवादी पार्टीले सांसद र पार्टी सदस्य दुबै पदबाट हटाउने भएको छ । लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर तयार पारिएको नेपालको नयाँ नक्सासम्बन्धी संविधान संशोधन प्रस्ताव विरुद्धमा उभिएकी गिरीलाई पार्टीको ह्विप उल्लंघन गरेका कारण हटाउन लागिएको समाजवादी पार्टीका एक नेताले जानकारी दिए ।

गिरीले पार्टीको निर्णय विपरीत संसदमा विधेयक प्रस्तुत गरेकी थिइन् । सो फिर्ता लिन र संविधानको अनुसूची संशोधनको पक्षमा मतदान गर्न पार्टीले ह्विप जारी गरेको थियो । तर पार्टीले गिरीलाई पार्टीको निर्णय मान्न सम्झाए पनि उनी नमानेको स्रोतको भनाइ छ ।

संविधानको धारा ८९ को (ङ) मा जुन दलको उम्मेदवार भई प्रतिनिधिसभा सदस्य बनेको हो, त्यस्तो दलले दल त्याग गरेको कुरा सूचित गरेमा सांसद पद निलम्वन हुने प्रावधान रहेको छ ।

शीर्ष पार्टी नेताहरु उपेन्द्र यादव वीराटनगरमा र डा. बाबुराम भट्टराई गोरखामा भएकोले दुवै नेता काठमाडौं फर्कनासाथ पार्टीको साधारण सदस्यबाट समेत हटाइने र सांसद पद स्वतः निलम्वन हुने स्रोतले जनाएको छ।

यो पनि भिडियो पनि हेर्नुहोस्: नबराजकोअन्तिम सास जादै गर्दा उनले सबैलाई दिएको संदेश यस्तो छ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्