मोटरसाइकल

जोर बिजोर प्रणाली मोटरसाइकलमा पनि लागू, एकजना मात्र चढ्न पाउने

काठमाडौं, १ असार । आजदेखि दुई पाङग्रे सवारी सवारी साधनमा पनि जोर बिजोर प्रणाली लागू गरिएको छ । उपत्यका लगायत देशभर आज बिजोर नम्बरका निजी सवारी साधनहरु सञ्चालन भएका छन् । यो व्यवस्था मोटरसाइकल (दुई पांग्रे) सवारी साधनमा पनि लागू भएको ट्राफिक प्रहरी महाशाखाले जनाएइको छ ।

जोर बिजोर प्रणालीसँगै एक जना मात्रै चढ्न पाउने नियमलाई अझ कडाइका साथ लागू गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ‘आजदेखि मोटरसाइकल र स्कुटरमा पनि जोर बिजोर प्रणाली लागू भएको छ’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीमप्रसाद ढकालले भने, ‘जोर बिजोर प्रणालीसँगै एक जना मात्रै चढ्न पाउने छन् ।’

लकडाउनको नयाँ व्यवस्था अनुसार देशभर जोरबिजोर प्रणाली लागू भएपछि, जोर गतेका दिन जोर नम्बर प्लेट र बिजोर गतेका दिन बिजोर नम्बर प्लेट भएका सवारी साधन चल्ने नियम बनाइएको छ । सवारी साधनमा भएको नम्बर प्लेटको अन्तिम अंकको आधारमा जोर र बिजोर छुट्याइएको ट्राफिक प्रहरीले जनाएको छ ।

जसअनुसार आज बिजोर नम्बर प्लेटका निजी सवारी साधन मात्र चल्न चल्न पाएका छन् । निजी ४ पाङ्गरे सवारी साधनमा भने चालक सहित ३ जना सवार हुन पाउने छन् । पास लिएका सवारी साधनको हकमा भने जोर बिजोर प्रणाली लागू नहुने महाशाखाले जनाएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्