KP Oli

लकडाउन खुलेको नभई खुकुलो मात्र भएको हो : प्रधानमन्त्री ओली

काठमाडौं, १ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले लकडाउन खुलेको नभई खुकुलोमात्र भएकाले सबैले आफ्नो स्वास्थ्य सुरक्षाका सावधानी अपनाउनु पर्ने बताएका छन् । सोमबारदेखि बैकल्पिक सिकाइ प्रविधि सुरु भएको अवसरमा शुभकामना सम्बोधन गर्दै ओलीले देशमा अब अर्को आन्दोलन आवश्यक नभएको पनि बताए ।

वैकल्पिक शिक्षा प्रणालीको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले खुकुलो गरिएको बन्दाबन्दीमा सचेत रहन आग्रह गरे । “लकडाउन सकिएको होइन, केही खुकुलो भएको हो। तर, मनखुशी चल्ने गरेमा आफूसँगै परिवार र समाजमा समस्या आउँछ”, प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीले रेडियो, टेलिभिजन, अनलाइन र अफलाइन मार्फत् कक्षा शुरु गरिने बताए। माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्याङ्कनका आधारमा गरिएको र शिक्षण प्रणालीमा समेत महामारीकै कारण नयाँ अभ्यास शुरु भएको बताए ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्