भीरबाट हामफाले

क्वारेन्टाइनमा राख्नका लागि बसमार्फत लैजाँदै गर्दा एक युवाले भीरबाट हामफालेपछि…

पर्वत, १ असार । क्वारेन्टाइनमा राख्नका लागि बसमार्फत जाँदै गरेका एक युवाले पर्वत कुस्मा नगरपालिका ८ मा पर्ने चुवाको भीरबाट हामफालेर आत्महत्याको प्रयास गरेका छन । बाग्लुङ नगरपालिका १३ का ३९ बर्षिय चन्द्रबहादुर नेपालीले सोमबार बिहान पोखरा बाग्लुङ सडकमा बस रोकेको अवस्थामा भीरबाट हाम फालेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

प्रहरीका अनुसार सुनौलीबाट उद्दार गरि बाग्लुङतर्फ जाने क्रममा बस रोकेको मौकापारी भीरबाट हामफालेका नेपाली गम्भीर घाइते भएका छन । घाइते नेपालीको पर्वत अस्पतालमा उपचार भैरहेको छ । स्थिति गम्भीर भएका कारण थप उपचारका लागि पोखरा पठाउने तयारी गरिएको छ ।

लु२ख ४२२० नम्बरको बसमा पर्वत, बाग्लुङ र म्याग्दीका नागरिकहरु भारतबाट फर्केपछि क्वारेन्टिनमा बस्न जाँदै गरेका थिए । पर्वतका नागरिकलाई डिमुवामा झारेपछि बस बागलुङ र म्याग्दीका नागरिक बोकेर आएको थियो । सडकको अबस्थाका कारण अगाडी जान नसक्ने भनेर बस चालकले इन्कार गरेको मौकामा नेपाली भने भीरबाट हाम फालेका हुन । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्