कोरोना भाइरसको संक्रमण पुष्टि

नेपालमा ४५१ जना कोरोना भाइरस संक्रमित थपिए, कुल संक्रमितको संख्या ६२ सय नाघ्यो

काठमाडौं, १ असार । बितेको २४ घण्टामा नेपालमा ४५१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । जसमा ३५ महिला र ४१६ जना पुरुष रहेका छन् । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ३५ महिलासहित ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

यससँगै कुल संक्रमितको संख्या ६२ सय ११ जना पुगेको छ । उनीहरूमध्ये १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबैभन्दा धेरै रौतहटका १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, दैलेखका ९३ जना, दाङका ४३, महोत्तरीका ३०, सर्लाहीका २३, मोरङका २२, सुर्खेतका १९, बर्दियाका १६, रुपन्देहीका १२ र पाल्पा र पर्साका १०/१० जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

धादिङका ९ जना, गुल्मीका ७, तनहुँ र बाँकेका ५/५ जना धनुषा, सिराहा रोल्पा र डोटीका ४/४ जना तथा सुनसरी, नुवाकोट, प्युठान, अर्घाखाँची, कैलाली, अछाम ३/३ जना, गुल्मीका दुई जना र चितवन, बारा, कपिलवस्तु र झापाका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्