उडान

युएईमा समस्यामा परेका नेपालीको उद्धारका लागि हुने भनिएको चार्टर्ड उडान रद्ध

काठमाडौं, २ असार । संयुक्त अरब इमिरेट्स (युएई)मा समस्यामा परेका नेपालीको उद्धारका लागि मंगलबार र बिहीबार हुने भनिएको चार्टर्ड उडान रद्ध भएको छ ।

सोमबार सूचना जारी गर्दै आबुधाबीस्थित नेपाली दूतावासल असार २ र ४ गतेको लागि तय गरिएको उडान स्थगित भएको जानकारी दिएको हो । युएईमा समस्यामा परेका नेपालीलाई आज र पर्सी नेपाल एयरलाइन्स मार्फत स्वदेश फर्काउने तयारी भएको थियो तर प्राविधिक कारणले उडान स्थगित भएको जनाइएको छ ।

उडान रद्धबारेको सूचना आइतबार नै दूतावासले आफ्नो आधिकारीक फेसबुक पेजमार्फत सार्वजनिक गरेको थियो । तर उक्त सूचना तत्काल हटाएर हिजो फेरि अर्को सूचना जारी गर्दै उडान स्थगन भएको जनाउ दिएको हो । अर्को उडान कहिले हुन्छ भन्नेबारेमा केही खुलाइएको छैन ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्