दुर्घटनामा

ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

जुम्ला, २ असार । जुम्लाको पातारासी गाउँपालिकामा ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सोमबार राति भे१त ७३३२ न को ट्र्याक्टर दुर्घटनामा परेर पातारासी–४ का ४८ वर्षीय जयबहादुर बुढाको मृत्यु भएको हो ।

जुम्ला सदरमुकाम खलङ्गाबाट पातारासीको लासीबजारसम्म छड र सिमेन्ट लिएर जाँदै गरेको ट्र्याक्टर कोटाभिड नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । ट्र्याक्टरमा चढेका अरु दुई जना घाइते भएको प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए । ट्र्याक्टर सडकबाट झण्डै ५० मिटर तल खसेको छ ।

घाइते हुनेमा ३६ वर्षीय वीरबहादुर बुढा र ३८ वर्षीय धनसुर बुढा रहेका छन् । उनीहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ । ट्र्याक्टर चालक यज्ञराज बोहोरा प्रहरी नियन्त्रणमा छन् । रासस

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्