ओस्कार

ओस्कार समारोहको मिति कोरोना भाइरस महामारीका कारण सर्यो

२०२१ सालको ओस्कार समारोहको मिति कोरोना भाइरस महामारीका कारण सरेको छ । अब फेब्रअरीको साटो अप्रिलमा ओस्कार समारोह हुनेछ । ‘फिल्मी दुनियाँको सबभन्दा ठूलो सम्मानको यो समारोह अब २५ अप्रिल २०२१ मा आयोजना हुनेछ,’ आयोजक द एकेडेमी अफ मोशन पिक्चर्स आर्टस् एन्ड साइन्सेजले विज्ञप्ति जारी गर्दै भनेको छ ।

यसअघि २८ फेब्रअरमिा यो अवार्ड दिइने तय थियो । कोरोना भाइरसका कारण मार्चको मध्यदेखि झन्डै संसारभरका सिनेमाघर बन्द छन् । एकेडेमीका अध्यक्ष डेभिड रुबिन र एकेडेमीका प्रमुख कार्यकारी डान हड्सनले जारी गरेको विज्ञप्तिमा फिल्म मनोनयनको डेडलाईन पनि लम्ब्याउने उल्लेख छ । यसअघि ३१ डिसेम्बर २०२० लाई मनोनयनको डेडलाईन मानिएको थियो । अब यो लम्बिएर २८ फेब्रअरीसम्म पुग्नसक्छ ।

ओस्कारको ९३ वर्षको इतिहासमा मिति परिवर्तन गरिएको यो चौथोपटक हो । यसअघि १९३८ मा लस एन्जलसमा आएको बाढीका कारण समय सारिएको थियो । त्यस्तै १९६८ मा मार्टिन लुथर किङ जुनियरको हत्या र १९८१ मा अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको हत्याका कारण पनि अवार्डको मिति सरेको थियो ।

सोमबार ब्रिटिस एकेडेमी अफ फिल्म एन्ड टेलिभिजन आर्टस् (बाफ्टा) ले पनि सिमारोहको मिति १४ फेब्रअरीबाट परिवर्तन गरेर ११ अप्रिलमा पु¥याउने घोषणा गरेको थियो । एजेन्सी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्