bhukampa

दोलखामा भूकम्पको धक्का महसुस

दोलखा २ असार। दोलखामा भूकम्पको धक्का महसुस गरिएको छ । दोलखाको लामाबगर आसपास केन्द्रविन्दु भई परकम्प गएको खानी तथा भू–गर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

उक्त भूकम्प मगंलबार बिहान ९:५३ बजे गएको थियो। भुकम्प ४ दशमलव १ रेक्टर स्केलको रहेको जनाइएको छ । भूकम्प जादाँ दोलखाका स्थानीय घरबाट बाहिर निस्किएका थिए ।

केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले दोलखामा गएको भूकम्प गोरखा भूकम्पकै परकम्प भएको बताए । उनका अनुसार विसं २०७२ को गोरखा भूकम्प (७.६ रिक्टर स्केल) पछि हालसम्म चार रिक्टर स्केलभन्दा माथिका ५४० परकम्प गएका छन् ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्