सुदूरपश्चिम प्रदेशसभा

सामूहिक बलात्कारको घटनामा संलग्नलाई कारबाही गर्न महिला सांसदको माग

कैलाली, २ असार । कैलालीको लम्किचुहा नगरपालिका–१ स्थित शहीद स्मृति माविमा रहेको क्वारेन्टिनमा भएको सामूहिक बलात्कारको घटनामा संलग्नलाई कारबाही गर्न सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने महिला सांसदले माग गरेका छन् । क्वारेन्टिनभित्र भएको सो घटनाले क्वारेन्टिन महिलाका लागि सुरक्षित नभएको जनाउँदै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने सुदूरपश्चिम प्रदेशसभा सदस्य पूर्णा जोशीले बताइन् ।

उनले बझाङ, डोटीलगायत जिल्लामा पनि क्वारेन्टिन भित्र महिलामाथि विभिन्न प्रकारका घटना भएको सार्वजनिक भइरहेकाले महिलालाई होम क्वारेन्टिनमा राख्नुपर्ने माग गरिन् । प्रदेशसभा सदस्य नन्दा बमले बलात्कारको घटनाको छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने बताइन् । न्यूनतम मापदण्ड नपुगेका क्वारेन्टिनमा यसरी महिला राख्नु व्यवस्थापनको ठूलो कमजोरी भएको प्रदेशसभा सदस्य चुनकुमारी चौधरीको भनाइ छ ।

बलात्कारको आरोप लागेकाहरूमाथि छानबिन गरी आवश्यक कारबाही गरेर पीडितलाई न्याय दिलाउनुपर्ने सांसद चौधरीले बताइन् । उनले क्वारेन्टिनलाई महिलामैत्री बनाउन सुदूरपश्चिम प्रदेश सरकार गम्भीर हुनुपर्ने बताइन् । रासस

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्