बिद्युत

असारदेखि नै लागु हुने गरी बिद्युत महसुलको नयाँ दर निर्धारण

काठमाडौँ, ३ असार । विद्युत नियमन आयेगले बिद्युत महसुलको नयाँ दर निर्धारण गरेको छ । असारदेखि नै लागु हुने गरी बिद्युत महसुलको नयाँ दर निर्धारण गरिएको हो ।

५ एम्पियरको लाइन जोड्नेले डिमाण्ड शुल्क बाहेक अरु तिर्नुपर्दैन् । यसको डिमाण्ड शुल्क ३० रुपैयाँ तोकिएको छ । मासिक १० युनिटसम्म खपत गर्नेलाई निःशुल्क गरिएको छ ।

यस्तै १५ एम्पियरको लाइन जोड्नेलाई न्युनतम डिमाण्ड शुल्क ५० रुपैयाँ तोकिएको छ । १० युनिटसम्म खपत गर्नेले प्रतियुनिट ४ रुपैयाँ तिर्नुपर्नेछ । यस्तै ३० एम्पियरको लाइन जडान गर्नेले डिमाण्ड शुल्क ७५ रुपैयाँ र १० युनिटसम्म खपत गर्नेले प्रतियुनिट ५ रुपैयाँ तिर्नुपर्नेछ ।

यस्तै ६० एम्पियरको लाइन जडान गर्नेले डिमाण्ड शुल्क १२५ रुपैयाँ र १० युनिटसम्म खपत गर्नेलाई प्रतियुनीट ६ रुपैयाँ तोकिएको छ । यस्तै ५ एम्पियर, १५ एम्पियर, ६० एम्पियर लाइन जडान गरी ४०० युनिटसम्म र सो भन्दा माथि विद्युत खपत गर्नेलाई फरक फरक दर तोकिएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्