मृत्यु

फेरि एक महिलाको मृत्यु : कोरोना संक्रमण पुष्टि मृत्यु भईसकेपछि मात्र

बाँके ३ असार। नेपालमा कोरोना संक्रमणबाट थप एक व्यक्तिको मृत्यु भएको छ । बैजनाथ गाउँपालिका–६ की ४६ वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेज तथा शिक्षण अस्पताल कोहलपुरको आईसीयूमा उपचारको क्रममा मृत्यु भएको हो।

ति महिला निमोनिया रोगबाट पीडित थिइन्। उनको स्वास्थ्य गम्भीर हुँदै गएपछि गत जेठ ३० गते उनलाई अस्पताल भर्ना गरिएको थियो । बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङका अनुसार, महिलाको मंगलबार साँझ कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

उनलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज तथा शिक्षण अस्पताल कोहलपुरको आईसीयूमा राखिएको थियो तर स्वास्थ्य अबस्था कम्जोर हुँदै गएपछि सोमबार साँझ उनको मृत्यु भएको हो । मृत्यु भईसके पछि उनको मंगलबार साँझ कोरोना रिपोर्ट पोजेटिभ आएको बताइएको छ।

यससंगै, बाँकेमा मात्र कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ भने नेपाल भरिमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्