corona

नेपालमा बुधबार मात्र थप ५८६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं ०३ असार। नेपालमा बुधबार ५८६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरका ४ जना, सिरहाका १ जना, मोरङका ९ जना, झापाका २ जना, धनुषाका २६ जना, महोत्तरीका २ सय जना, बाराका ७ जना, रौतहटका १ सय २७ जना, कपिलवस्तुका १० जना, रुपन्देहीका ७ जना, सर्लाहीका ६ जना, प्युठानका ३८ जना र अर्घाखाँचीका १२ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

यसैगरी कैलालीका १ जना, पर्वतका ३ जना, नवलपरासी पूर्वका १७ जना, गुल्मीका २६ जना, बाँकेका १ जना, बर्दियाका ३१ जना, दाङका ८ जना, सल्यानका २५ जना, सुर्खेतका २ जना, दैलेखका ४ जना, कञ्चनपुरका ७ जना र कालिकोटका १४ जनामा पनि काेराेना संक्रमण देखिएकाे हाे । यो सँगै संक्रमितकाे संख्या ७ हजार १७७ जना पुगेको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्