परीक्षण

बेइजिङमा भेटिएका कोरोना संक्रमितमा नितान्त फरक लक्षण देखियो

बेइजिङमा भेटिएका कोरोना संक्रमितमा नितान्त फरक लक्षण देखिएको विशेषज्ञले जानकारी दिएका छन् । डाक्टरका अनुसार बिरामीलाई पेट र हड्डी दुख्ने समस्या देखिएको छ । विशेषज्ञले भने, ‘भिन्न इलाकामा बस्ने र उनीहरुको रहन–सहनको तौर तरिका र शरीरको बनावटको आधारमा पनि मानिसहरुमा भिन्न प्रकारको लक्षण देखिएको छ ।’

मे महिनामा पनि डाक्टरले बिरामीको परीक्षणका बेला भिन्न प्रकारको लक्षण देखेका थिए । बेइजिङमा कोरोनाका नयाँ बिरामीका कारण पुनः महामारी फैलन सक्ने आशंका गरिएको छ । ११ जून पछि बेइजिङमा कोरोनाका १३७ नयाँ संक्रमित भेटिएका छन् ।

चिनियाँ मिडियाका अनुसार कोरोना पोजेटिभ देखिएका नयाँ संक्रमितमा युवा (३०–३९ वर्ष बीच) को संख्या धेरै छ र उनीहरुमा निकै न्यून लक्षण देखिएको छ । बीबीसी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्