डोनाल्ड ट्रम्प

राष्ट्रपति ट्रम्पले आगामी निर्वाचनका लागि चीनसँग सहयोग मागेको तथ्य बाहिरियो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी निर्वाचनका लागि चीनसँग सहयोग मागेको तथ्य बाहिर आएको छ । बुधबार मात्र सार्वजनिक गरिएको अमेरिकी राष्ट्रपतिका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनको पुस्तकमा राष्ट्रपति ट्रम्पले निर्वाचन जित्नका लागि पुनः अन्तर्राष्ट्रिय सहयोग मागेको उल्लेख छ ।

उनले राष्ट्रपति ट्रम्पले दोस्रो कार्यकालका लागि पनि वैदेशिक सहायता लिएर निर्वाचित हुने रणनीति लिएको आरोप लगाएका छन् । अमेरिकामा निर्वाचन प्रयोजनका लागि वैदेशिक सहायता लिनु गैरकानुनी मानिन्छ । वासिङ्टन पोष्ट, न्युयोर्क टाइम्स र सिट्रट जर्नलमा प्रकाशित पुस्तकको अंशमा बोल्टनले अमेरिकाको परराष्ट्र नीतिविपरीत राष्ट्रपति ट्रम्पले निर्वाचनका लागि वैदेशिक सहायता लिएको खुलासा भएको छ ।

अघिल्लो निर्वाचनमा पनि चुनावी रणनीतिका लागि युक्रेनसँग लिएको सहयोग सार्वजनिक भएपनि ट्रम्पको सर्वत्र आलोचना भएको थियो । बोल्टनले यसअघि पनि ट्रम्पले चीन र टर्कीका ठूला फर्म सम्बन्धी मुद्धामा हस्तक्षेप गरेको पनि दावी गर्नुभएको छ । तर उक्त आरोपको ह्वाइट हाउसले खण्डन गरेको छ । एजेन्सी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्