कोरोना संक्रमण पुष्टि

भारतमा एकैदिन १३ हजार बढी कोरोना संक्रमित भेटिए

भारतमा कोरोना संक्रमितको संख्या बढेर ३ लाख ६७ हजार २ सय ६४ पुगेको छ । बुधबार एकैदिन सर्वाधिक १३ हजार १ सय ७ नयाँ बिरामी भेटिएका छन् भने ३ सय ४१ ले ज्यान गुमाएका छन् ।

दिल्लीमा सर्वाधिक २४ सय १४ र उत्तर प्रदेशमा ५ सय ८३ रिपोर्ट पोजेटिभ आयो । तमिलनाडुमा संक्रमितको आँकडा ५० हजार पार भयो भने यो महाराष्ट्र पछि दोस्रो सबैभन्दा धेरै संक्रमित भएको राज्य हो ।

त्यस्तै यता दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनको कोरोना रिपोर्ट पोजेटिभ आएको छ जबकि मंगलबार उनको रिपोर्ट नेगेटिभ आएको थियो । आप विधायक आतिशी पनि संक्रमित भए । पूर्व केन्द्रीय मन्त्री र राजद नेता रघुवंश प्रसाद सिंहलाई पनि कोरोना संक्रमण भएको छ । एजेन्सी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्