अस्पताल

कोरोना पुष्टि भएकी महिलाको मृत्यु भएपछि लम्की अस्पतालको सम्पूर्ण सेवा बन्द

कैलाली, ४ असार नेपालगञ्ज मेडिकल कलेजमा थप उपचाका लागि सिफारिस गरेको बिरामीको मृत्युपछि कोरोना पुष्टि भएसँगै कैलालीको लम्की अस्पतालले सम्पूर्ण सेवा बन्द गरेको छ । अस्पतालले विहीबार सूचना जारी गर्दै अनिश्चितकालका लागि सम्पूर्ण सेवा बन्द गरेको जानकारी दिएको हो ।

टाउकोमा चोट लागेर उपचारका लागि आएकी ती महिलालाई लम्की अस्पतालले जेठ ३१ गते थप उपचारका लागि नेपालगञ्ज सिफारिस गरिएको थियो । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार गराइरहेकी कैलाली लम्कीचुहा नगरपालिका २ की ४३ वर्षीया महिलामा मृत्युपछि कोरोना पुष्टि भएको थियो ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्