death

जलविद्युत आयोजनामा कार्यरत एक व्यक्तिको मृत्यु: एक चिनिया इञ्जीनियर घाइते

लमजुङ ०४ असार। ढुङ्गा खसेर लाग्दा जिल्लाको उत्तरी भेग मर्स्याङ्दी गाउँपालिका–६ स्थित ३० मेगावाटको ङादी जलविद्युत आयोजनामा कार्यरत एक जनाको मृत्यु र एक घाइते भएका छन् ।

आयोजनाको क्यामबाट बा २ प ७१९८ नंको ट्रकमा आयोजनाकै कामका लागि ड्यामसाइटतर्फ जाँदै गर्दा माथिबाट ढुङ्गा खसेर ट्रकमा लाग्दा घाइते भएका चालक उबक्सीको उपचारका क्रममा आज बिहान मृत्यु भएको आयोजना जनसम्पर्क अधिकृत विजय गुरुङले बताए । ढुङ्गाले लडदा ट्रकमा समेत क्षति पुगेको छ ।

त्यस्तै आयोजनाकै इञ्जीनियर लुच्याङ घाइते हुँदा बेँसीशहरमा रहेको मोडल अस्पतालमा उपचार भइरहेको अधिकृत गुरुङले जानकारी दिए । दुवै चिनियाँ नागरिक हरेका छन् । मृतक उवक्सीको घुँडा र टाउकोमा गम्भीर चोट लागेको र उपचारका क्रममा सो अस्पतालमा मृत्यु भएको आयोजनाले जनाएको छ ।

मृतक र घाइते दुवै जनालाई काठमाडौं लैजाने तयारी भएको र शव बेँसीसहरमै परीक्षण गर्नुपर्ने प्रहरीको भनाइ रहेकाले लैजान ढिलो भइरहेको बताइएको छ । रासस

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्