काठमाडौं, ४ असार । बिहीबार नेपालमा थप ६७१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ७८४८ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबार जनाए अनुसार कुल संक्रमितमध्ये महिलाको संख्या ६१९ जना रहेको छ भने ७२२९ जना पुरुष रहेका छन ।
यसैबीच कोरोनाबाट कैलालीमा एक महिला र एक पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म ७४ जिल्लामा संक्रमण फैलिएको मन्त्रालयले जनाएको छ ।