केपी ओली

नेपालमा कोरोनाबाटै मृत्यु भएको दुई तीन वटा केस हुनसक्छ : प्रधानमन्त्री ओली

काठमाडौं, ४ असार । प्रधानमन्त्री केपी ओलीले उपचार विधिसँगै प्रतिरोध क्षमता राम्रो भएकैले नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कम भएको जिकिर दाहोर्याएका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री ओलीले नेपालमा उपचार विधि तथा रोग प्रतिरोधात्मक क्षमता राम्रो भएकै कारण मृत्यु हुनेको संख्या कम भएको बताएका हुन् ।

राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेसम्म २० जनाको मृत्यु भए पनि ती मध्ये अधिकांशको कोरोनाका कारण मृत्यु नभएको दाबी गरे । उनले भने, ‘कोरोनाबाटै मृत्यु भएको दुई तीन वटा केस हुनसक्छ । बाँकीको भने अन्य कारणले मृत्यु भएको हो तर पछि कोरोनाले छोएको अवस्था हो ।’

अरु कारणले मृत्यु भएकाहरुमा पनि संक्रमण देखिएपछि मृत्यु मान्नुपर्ने डब्लुचओको मापदण्डकाका कारण मृत्यु मान्नु परेको उनले बताए । नेपालमा २० जनाको मृत्यु पनि अन्य देशको भन्दा निकै कम भएको प्रधानमन्त्री ओलीले बताए ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्