बलिउड अभिनेता सुशान्त सिंह राजपूत

सुशान्त सिंहको नाम लिएर २० वर्षीया एक युवतीले गरिन् आत्महत्या

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि उनको परिवार र प्रशंसक अति विचलित भएका छन् । सुशान्तले आखिर किन यस्तो गरे भन्ने प्रश्न सबैमा खट्किएको छ । यसैबीच भारतको मध्य प्रदेशमा सुशान्त सिंहको नाम लिएर २० वर्षीया एक युवतीले आत्महत्या गरेकी छिन् ।

भारतीय सञ्चार माध्यमका अनुसार ती युवतीले आत्महत्या गर्नु केहि घण्टा अघि मात्रै सुशान्त सिंह राजपूतले झैं आत्महत्या गर्नेछु भनेर भाउजुलाई बताएकी थिइन् ।

युवतीका भाइलाई उद्धृत गर्दै स्रोतले बताए अनुसार बिहान मात्रै युवतीले भाउजुसँग सुशान्त सिंह राजपूतले झैं आत्महत्या गर्छु भनेर ठट्टा गरेकी थिइन् । उनले भने, ‘जब उनले भाउजुलाई यसो भनिन् तब भाउजुले आजकाल तिम्रो धेरै मुख चल्न थालेको र यसबारे आमा र दाइलाई कुरा लगाइदिने भन्नुभएको थियो । आफूले ठट्टा मात्र गरिरहेको भन्दै उनी हाँसेर त्यहाँबाट गएकी थिइन् ।’

स्रोतका अनुसार पछि जब घरका सबै सदस्य आ–आफ्नो काममा व्यस्त भए तब उनले घरको छतमा गएर पासो लगाएकी थिइन् । युवतीकी आमा र भाउजुले उनलाई झुण्डिरहेको देखेपछि तत्काल डाक्टर बोलाएर अस्पताल पुर्याए, त्यहाँ उनलाई मृत घोषित गरियो । घटनाबारे प्रहरीलाई पनि जानकारी दिइएको छ ।

यस्तै, केहि दिन अघि बरेलीमा १० कक्षामा पढ्ने छात्रले सुशान्त सिंहको आत्महत्याको खबर टिभीमा देखेपछि आफूपनि पङ्खामा झुण्डिए । ती छात्रले आफ्नो सुसाइड नोटमा ‘सुशान्त सिंहले त आत्महत्या गर्न सक्छन् भने म किन सक्दिनँ ?’ भनेर लेखेको स्रोतले बताएको छ ।

यद्यपि, ती छात्रले आफ्नो सुसाइड नोटमा आफूमा तेस्रोलिङ्गीजस्तो लक्षण देखिएको र अनुहार पनि महिलाजस्तो भएकाले मानिसहरुले खिल्ली उडाउने गरेको पनि लेखेका थिए । प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ । एजेन्सी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्