कतार एयरलाइन्स

वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका २० नेपालीको शव आज कतारबाट आउँदै

काठमाडौं, ४ असार । वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका २० जना नेपालीको शव आज कतारबाट आउँदै छ । ती शवहरु लिएर कतार एयरलाइन्स दिउसो १२:१५ बजे त्रिभुवन विमानस्थलमा अवतरण हुने बताइएको छ ।

कतार एयरलाइन्सले ४३ जना नेपाली पनि लिएर आउने बताइएको छ । उनीहरुलाई कतार सरकार आँफैले पठाउन लागेको हो । वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका नेपालीको शव यति ठूलो संख्यामा एकैपटक नेपाल ल्याउन लागिएको यो पहिलोपटक हो । कतार एयरलाइन्सबाट आउने शवमध्ये ७ परिवारले काठमाडौँमा जिम्मा लिन र बाँकीलाई उनीहरुका जिल्लामा पुर्‍याउने सरकारको तयारी छ ।

वैदेशिक रोजगार बोर्डका अनुसार कतार एयरलाइन्समा आउने शव्हरुको विवरण निम्नानुसार छन :-
कतारबाट
१. महमुद अलमान मुसलमान, कपिलवस्तु
२. मुस्ताक साइक, सर्लाही
३. रुपेशकुमार मण्डल, सिरहा
४. कुम्बा तामाङ, लमजुङ
५. भक्तबहादुर थापामगर, बाँके
६. राजेन्द्रप्रसाद मण्डल, सप्तरी
७. युवराज अधिकारी, मोरङ
८. मीनबहादुर थापा, भोजपुर
९. नरबहादुर कामी, सुर्खेत
१०. मंगलबहादुर तामाङ, भोजपुर
११. सुकराम थारु, बर्दिया
१२. अरुणकुमार पंजियार, सर्लाही
१३. शिवशंकर राउत, महोत्तरी
१४. चुतर्वा मण्डल, धनुषा
१५. जितेन्द्र थापामगर, मकवानपुर
१६. यामबहादुर थापा, रुपन्देही
१७. कासिदेव यादब, सिराहा
१८. सधोवाका पासवान, सर्लाही
१९. अनिल चौधरी, महोत्तरी
२०. मनोज पासवान, सर्लाही

साउदीबाट
१.भैरब बहादुर बस्नेत

कुवेतबाट
१. सोनि तामाङ, नुवाकोट
२.मानव आले, सङ्खुवासभा

युएईबाट
१. पेम्बा नुर्बु शेर्पा, सोलु

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्