शी जिनपिङ किम जोंग

भारतमा चिनको बिरोध गर्दा चिनियाँ राष्ट्रपति भन्दै किम जोंगको पुत्ला जलाइयो

भारत–चीनबीच लाइन अफ एक्चुअल कन्ट्रोलमा हिंस्रक झडपमा २० भारतीय सैनिकले ज्यान गुमाए पछी भारतीय जनता चीनप्रति निकै आक्रोसित छन् । यतिबेला चीनविरुद्ध भारतमा प्रदर्शन भइरहेको छ ।

बंगालको आसनसोलमा यस्तै एक विरोध प्रदर्शनको क्रममा भाजपा कार्यकर्ताले निकै रोचक गल्ती गरेका छन् । भाजपा कार्यकर्ताले चीनको विरोध गर्नका लागि पुत्ला दहन गरे तर चिनियाँ राष्ट्रपति शी जिनपिङको होइन उत्तर कोरियाली नेता किम जोंगको ।

यो भिडियो इन्टरनेटमा निकै भाइरल भएको छ । यसमा भाजपा नेताको मज्जाले ट्रोल पनि भइरहेको छ । भिडियोमा बंगाल भाजपाका कार्यकर्ता पुत्ला लिएर उभिएका छन् भने एकजनाले क्यामरातर्फ हेर्दै भनेका छन्, ‘हामी चीनको विरोध गरिरहेका छौं । चीनका प्रधानमन्त्री किम जोंगको पुत्ला जलाउँदैछौं । हामी मानिसहरुलाई चिनियाँ उत्पादनको प्रयोग नगर्न आग्रह गर्छौं । स्वदेशी सामान प्रयोग गर्नुहोस् ।’

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

One thought on “भारतमा चिनको बिरोध गर्दा चिनियाँ राष्ट्रपति भन्दै किम जोंगको पुत्ला जलाइयो

  • June 20, 2020 at 10:45 am
    Permalink

    comedy maii simit chha.

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्