corona

कोरोना रिपोर्ट नआउँदै क्वारेन्टिनबाट घर पठाउन थालेपछि संक्रमण फैलिने खतरा

कैलाली, ५ असार । हिजो मात्रै सुदूरपश्चिम प्रदेशमा दुई सय ३८ जनामा कोरोना पुष्टि भएपछि संक्रमितको संख्या ६ सय १७ पुगेको छ । अहिलेसम्म सबैभन्दा बढी कैलालीमा १ सय ४९ जना, डडेल्धुरामा १ सय २३, कञ्चनपुरमा ९५, अछामका ६७, बाजुराका ६२, बैतडीमा ५२, डोटीका ४२, बझाङमा १६ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ ।

पुष्टि भएका मध्य चार जनाको मृत्यु भइसकेको छ । त्यस्तै १ सय ११ जना घर फर्किसकेका छन् । घर फर्केकालाई कोरोना निको भने भैसकेको छैन । उनीहरुलाई कोरोनाको कुनै पनि लक्षण नदेखिएको भन्दै विभिन्न अस्पतालहरुले घर पठाएका हुन् ।

६ सय १७ संक्रमितमध्ये एक सय १९ जनाको ९ वटै जिल्लामा रहेका स्थानीय तहको आइसोलेसनमा उपचार भइरहेकोे छ भने बाँकी ३ सय ८२ जना संक्रमित घर र क्वारेन्टिनमा रहेका छन् । स्थानीय तहहरुले कोरोना रिपोर्ट नआउँदै धमाधम क्वारेन्टिनबाट घर पठाउन थालेपछि समुदाय स्तरमा संक्रमण फैलिने खतरासमेत बढेको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्