गण्डकी प्रदेशमा संक्रमितको संख्या ३४८: एक संक्रमितको मृत्यु

पोखरा ५ असार। गण्डकी प्रदेशमा शुक्रबार बिहानै थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी स्वास्थ्य निर्देशनालयले बिहान ६ बजे विज्ञप्ति प्रकाशन गरी थप २४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको थियो र बिहान ११ बजे पुनः अर्को विज्ञप्ति जारी गर्दै थप ३२ नयाँ संक्रमित थपिएको जानकारी दिएको छ।

तनहुँको घिरिङ नगरपालिकाका १४ पुरुष र ३ महिला, बागलुङको बागलुङ नगरपालिकाका ५ र ढोरपाटन नगरपालिकाका ४ पुरुष र १ महिला, पर्वत जिल्ला अस्पतालका ३ महिला र २ स्वास्थ्यकर्मी गरि ३२ नया संक्रमित थपिएको पुष्टि भएको छ।

गण्डकी स्वास्थ्य निर्देशनालयले जारि गरेको बिज्ञप्ति अनुसार यसअघि आज बिहानै गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो जसमा बागलुङका १४ जना, पूर्वी नवलपरासीका २ जना कास्कीका ६ जना र स्याङ्जाका 2 जना रहेका थिए।

यससंगै गण्डकी प्रदेशमा आज मात्रै ५६ संक्रमित थपिए संगै कुल संक्रमितको संख्या ३४८ पुगेको छ भने एक संक्रमितको मृत्यु भएको छ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्