रुपन्देही, ५ असार । अर्घाखाँचीमा एक जना भीरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा मालारानी गाउँपालिका वडा नम्वर ५ का ४९ बर्षीय मानबहादुर खत्री रहेका छन ।
त्यस्तै सन्धिखर्क २ भलायडाँडाका वसन्त कुमालको लडेर मृत्यु भएको छ । कुमाल पाणेनी बहुमुखी क्याम्सको भवन निर्माणको काम गर्दा लडेर घाइते भएका थिए भने खत्री खेत रोपाईमा जाने क्रममा घरदेखि नजिकैको भीरबाट लडेर ५० मिटर तल खसेका थिए । दुवैको उपचारका क्रममा मृत्यु भएको डिएसपी बुढाथोकीको भनाइ छ ।