corona test

नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ पुग्यो

काठमाडौं, ५ असार । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको छ । पछिल्लो २४ घण्टामा ८८ महिलासहित ४ सय २६ जना नयाँ संक्रमित थपिएसंगै संक्रमितको संख्या ८२ सय ७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।

योसहित नेपालमा नेपालमा कूल कोरोना संक्रममितको संख्या ८ हजार २७४ पुगेको छ । जसमा महिला ७०७ र ७ हजार ५६७ पुरुष रहेका छन् । हालसम्म संक्रमित जिल्ला ७४ पुगेको छ भने कोरोना निको भएर घर फर्किनेको संख्या २१६ पुगेको छ । बितेको २४ घण्टामा मात्रै २१६ जना संक्रमण मुक्त भएको स्वास्थ्य तथा मन्त्रालयले जानकारी दिएको छ। जसमा ९ महिला र २०७ जना पुरुष रहेका छन् । हालसम्म कोरोनाबाट २२ जनाको मृत्यु भएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्