विस्फोटक पदार्थ

भोजपुरमा विस्फोटक पदार्थ फेला

भोजपुर, ६ असार भोजपुरको षडानन्द नगरपालिका–२ कुदाकाउलेको ताबुमा विस्फोटक पदार्थ फेला परेको छ । प्रहरीले ताबुबाट एक थान कटुवा पेस्तोल र विष्फोटक पदार्थ बरामद गरेको छ ।

बिहीबार दिउँसो इलाका प्रहरी कार्यालय दिङलाबाट गस्तीमा खटिएको प्रहरी टोलीले सो स्थानमा रहेको बाँदर रुङने टहरोमा शङ्का लागि चेकजाँच गर्दा टहरोबाट एक थान कटुवा पेस्तोल, एक थान सकेट बम र दुई थान डेटोनेटर बरामद गरेको इलाका प्रहरी कार्यालय दिंलाका प्रमुख तथा प्रहरी निरीक्षक भास्कर खतिवडाले आज जानकारी दिए ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्