आत्महत्या

एउटै रुखको हाँगा झुण्डिएको अवस्थामा देवर–भाउजु मृत्त भेटिए

इलाम, ६ असार । इलामको माङसेबुङमा एउटै रुखको हाँगा झुण्डिएको अवस्थामा देवर–भाउजु मृत्त भेटिएका छन् । इलामको माङसेबुङमा गाउँपालिका–६, टोड्केमा २७ वर्षीय विशाल राई र उनकै भाउजु २६ वर्षीया गीता राई एउटै रूखको हाँगोमा डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

शुक्रबार बिहान कसैलाइ नसोधी घरबाट निस्केका देवर भाउजु बेलुकासम्म घर नफर्केपछि आफन्तले खोजी गर्ने क्रममा घरदेखि करिव ७ सय मिटर टाँडा दारजातको रुखको एउटै हांँगामा प्लाष्टिकको डोरीको पासो लगाइ झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

मृत फेला पारिएको भनि आफन्तले जानकारी गराएपछि इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी टोली तत्कालै घटनास्थल पुगेको थियो । इन्सपेक्टर साहकाअनुसार उनीहरू सहोदर देवर–भाउजु हुन् । दुवै विवाहित हुन् । भाउजुको पति रोजगारीका लागि विदेशमा छन् ।

शुक्रबार राति नै मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि पाँचथरको रविस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको इन्सपेक्टर साहले बताए । उनले भने, ‘घटनाको प्रकृति हेर्दा आत्महत्या नै जस्तो देखिएको तर थप अनुसन्धान भइरहेको छ ।’

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्