मृत्‍यु

खोला तर्ने क्रममा बगाएर बेपत्ता भएका युवक पाँच दिनपछि मृतावस्थामा फेला

तनहुँ, ६ असार । गत सोमबार शुक्लागण्डकी–९ मा पर्ने सुरौदी खोला तर्ने क्रममा बगाएर बेपत्ता भएका युवक आज पाँच दिनपछि मृतावस्थामा फेला परेका छन् ।

मृत्‍यु हुनेमा खोटाङ जिल्ला घर भएका १७ वर्षीय रामबहादुर राई रहेका छन । उनी हाल शुक्लागण्डकी–८ मा दिदीभिनाजुसँगै बसेर ज्यालादारी मजदूरी गर्दै आएका थिए ।

शुक्लागण्डकी – ४ र ८ का बीचमा पर्ने सेती पुलमुनि तैरिरहेका अवस्थामा देखेपछि प्रहरीको सहयोगमा शव बाहिर निकाल्न सफल भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए । शव परीक्षणका लागि दमौली पठाउने तयारी भइरहेको बताइएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्