डोनाल्ड ट्रम्पको भारत र चीनबीच जारी तनावमाथि निगरानी यस्तो छ ट्रम्पको प्रस्ताब

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र चीनबीच जारी तनावमाथि निगरानी राख्दै मद्दतको प्रस्ताव पेश गरेका छन् ।अमेरिकाले भारत र चीनबीच कुराकानी गरिरहेको ट्रम्पले बताएका छन् ।

राष्ट्रपति ट्रम्पले ह्वाइट हाउस बाहिर पत्रकारसँग भने, ‘यो निकै मुश्किल परिस्थिती हो । हामी भारतसँग कुरा गरिरहेका छौं । हामी चीनसँग पनि कुरा गरिरहेका छौं । त्यहाँ यी दुई देशबीच ठूलो समस्या छ । दुबै एकअर्काको आमने–सामने भएका छन् र अब के होला भनेर हामीले हेरिरहेका छौं । हामी उनीहरुलाई मद्दत गर्ने कोसिस गरिरहेका छौं ।’

१५–१६ जूनको राती गलवान घाटीमा भारत र चीनबीच भएको हिंस्रक संघर्षमा भारतका कमान्डिङ अधिकारीसमेत २० सैनिक मारिएका थिए । चीनका पनि थुप्रै सैनिक हताहत भएको खबर छ तर चीनले आधिकारिक आँकडा जारी गरेको छैन ।

भारत र चीनबीच वर्तमान तनावलाई मध्यनजर गर्दै अमेरिकी राष्ट्रपतिले गत महिना सोसल मिडियामा उनी भारत र चीनबीच मध्यस्थता गर्न तयार भएको बताएका थिए । स्रोतः बीबीसी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्