Comedy-champion

कमेडी च्याम्पियन रियालिटी शोले “घरघरमा कमेडी” नामक रियालिटी शो सुरु गर्ने

काठमाडौँ, ०८ असार। नेपालको पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को पहिलो सिजन धेरैले रुचाए र निकै हिट भयो पनि । नेपालका थुप्रै रियालिटी शो मध्ये यस कमेडी च्याम्पियनको रियालिटी शोले छुट्टै छाप बनायो।

अब सोही कमेडी च्याम्पियन टिमले ‘घरघरमा कमेडी’ नामक रियालिटी शो सुरु गर्ने भएको छ । यस शोमा सहभागी हुन प्रतियोगीले आ -आफ्नै घरबाट भिडियो खिचेर पठाउनु पर्नेछ ।

निर्देशक विशाल भण्डारीका भनाइ नुसार प्रतियोगीले खिचेको भिडियोलाई कमेडी च्याम्पियनको एप्समा पोस्ट गर्नुपर्नेछ । जहाँबाट निर्णायकले उत्कृष्ट भिडियोको छनोट गर्नेछन् । यो रियालिटी शो अर्को साताबाट सुरु हुने भएको छ। यस शो ५-६ हप्तासम्म चल्नेछ । यस शो बाट कमेडी च्याम्पियनकै फर्म्याटमा हरेक हप्ताको प्रस्तुतिबाट निर्णायकले उत्कृष्ट प्रतियोगी चुन्नेछन् ।

निर्देशक भण्डारीले भने “घरघरमा कमेडी “मा सहभागी उत्कृष्ट १ जनाले १ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् । उनका अनुसार विजेतासँगै उत्कृष्ट ३ प्रतियोगीले सिधै ‘कमेडी च्याम्पियन सिजन- २’ को उत्कृष्ट २४ मा प्रवेश पाउनेछन् ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्