कोरोनाभाइरस संक्रमित

चितवनमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि

भरतपुर ०८ असार। चितवनमा थप पाँच जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। चितवनको माडी नगरपालिकामा चार जना र भरतपुर महानगरपालिकामा एक जना गरि थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

चितवनको भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा माडी नगरपालिका वडा नं. २, ५, ६ र ८ मा एक / एक जना संक्रमित थपिएका छन् । उनीहरु ४७, २८, ३४ र ३२ वर्षका पुरुषहरु हुन् ।

भरतपुरस्थित प्रयोगशालामा गरिएको नमुना परीक्षणका क्रममा भरतपुर महानगरपालिकाको वडा नं. २८ मा २९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ र पूर्वी नवलपरासीका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससंगै चितवनमा कोरोना संक्रमण हुनेको संख्या ४१ पुगेको छ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्