corona test

नेपालमा कोरोना संक्रमितको संख्या दश हजार नजिक !

काठमाडौं, ०८ असार। नेपालमा सोमबार पुन: ५३५ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साेमबार ४६१ पुरुष र ७४ जना महिलामा काेरोना संक्रमण देखिएकाे हाे ।

संक्रमित थपिएका ठाउहरुमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर भएको परीक्षणमा १३ जना, गजेन्द्र नारायणसिंह प्रयोगशालामा ११ जना, कोशी अस्पताल विराटनगरमा भएको परीक्षणमा १० जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा भएको परीक्षणमा सात जनामा कोरोना पोजेटिभ देखिएको छ ।

साथै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएकाे परीक्षणमा दुई सय ८३ जना, धुलिखेल अस्पताल प्रयोगशालामा भएको परीक्षणमा ४२ जना, भरतपुर अस्पताल प्रयोगशालामा भएको परीक्षणमा २१ जना, र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा भएको परीक्षणमा १२ जनामा कोरोना सङ्क्रमण देखिएकाे छ।

त्यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा भएको परीक्षणमा १०३ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा भएको परीक्षणमा २० जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा भएको परीक्षणमा १३ जनामा कोराना पोजेटिभ देखिएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार ५६१ पुगेको छ। निको भएर घर फर्कनेको संख्या १६१ महिला र १९६१ पुरुष गरी २१४२ जना उपचारपछि निकाे भएर घर फर्किएका छन्।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्