zoom app meeting

नेपाल पर्यटन बोर्डको भर्चुअल मिटिङ्गमा बोल्दै गर्दा पो’र्न भिडियो बज्न थालेपछि

काठमाडौं, ०८ असार। सोमबार दिउँसो नेपाल पर्यटन बोर्डले पर्यटनसँग सम्बन्धित सुरक्षा निर्देशिका सार्वजनिक गर्न ‘जुम एप’ भर्चुअल बैठक आयोजना गरेको थियो। कार्यक्रमको प्रमुख अतिथिमा पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई थिए।

सार्वजनिक अनलाइन भर्चुअल बैठकको कार्यक्रममा मन्त्री बोल्न सुरु गरेपछि एक्कसी पोर्न भिडियो बज्न थाल्यो। अनधिकृत रुपमा भर्चुअल मिटिङमा प्रवेश गरेका ‘ह्यारिस’ नामको आईडीबाट यस्तो गतिविधि भएको हो।

भिडियो बजेलगत्तै एडमिनले भिडियो काटेका थिए । पर्यटनमन्त्री भट्टराईले नेपालमा पर्यटन व्यवसायीहरू समस्यामा रहेको, मजदुरले रोजीरोटी गुमाएको सन्दर्भ सुनाउँदा वेबिनारमा पोर्न भिडियो देखिएको थियो ।

त्यसअगाडि पर्यटन सचिव केदारबहादुर अधिकारीले सम्बोधन गरेका थिए । कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण विश्वका धेरैजसो देशहरूमा भेटेर बैठक गर्नुभन्दा जुम एपको प्रयोग गरी भर्चुअल माध्यमबाट बैठक हुने गरेको छ ।

यस्ता बैठकमा पछिल्ला समयमा ह्याकरहरूले अनधिकृत रुपमा ‘एक्सेस’ गरेर अश्लील भिडियो बजाइदिने पनि गरेका छन् । नेपालमा पनि यसको प्रयोग बढ्दै गर्दा यस्ता समस्या बढ्दै गएको छ। सुरक्षाका विषयलाई लिएर यो एपमाथि प्रश्न उठ्ने गरेको छ।

मिटिङको आईडी र पासवर्ड विभिन्न तरिकाबाट शेयर हुँदा त्यसको अनधिकृत रुपमा चोरी गरेर ह्याकरहरूले यस्ता अश्लील भिडियोहरू बजाउने गरेका छन्।

सिटिजन ल्याबले जुम एपमा धेरै कमजोरीहरू औंल्याएको छ । उसका अनुसार जुम बैठक प्रयोग गर्दा संवेदनशील जानकारीहरू सार्वजनिक गर्नु सुरक्षित मानिँदैन ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्