बेसार पानी

प्रधानमन्त्री ओलीको बेसार पानीको यस्तो गीत बन्यो हेर्नुहोस् भिडियो सहित

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथामको उपाए बेसार हो भन्ने अभिब्यक्ती दिएपछी सामाजिक सांजाल तातिएको छ । प्रधानमन्त्री ओलीलाई ब्यंग्य गर्दै बिभिन्न ट्रोल नै बन्न भ्याए । यसैबिच कलाकारहरुले त झन गीत समेत बनाउन भ्याए ।

प्रदिप तिवारी, प्रदिप त्रिपाठी र किशोर नेपालीको शब्द, लय तथा स्वरमा रहेको बेसार पानी बोलको गीत थ्री एम ग्रुप युट्युब च्यानलमा सार्वजनिक भएको छ । गीतमा तरानाथ आचार्यले संगीत संयोजन गरेको गीतको रेकर्डिङ तथा मास्टरिङ्ग डिजिटल स्टार रेकर्डिङ स्टुडियो पोखरामा भएको हो ।

सार्वजनिक गीतको भिडियोमा प्रदिप तिवारी, प्रदिप त्रिपाठी र किशोर नेपालीको अभिनय रहेको छ । गणेश सापकोटाले छायांकन गरेको गीतलाई सुबास अमगाईले सम्पादन गरेका हुन । डिएनसी मिडिया हाउसले निर्माण गरेको गीतको भिडियो थ्री एम ग्रुपको युट्युब च्यानलमा सार्वजनिक छ ।

पुरै भिडियो हेर्नुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्