नेकपा

नेकपाको स्थायी कमिटी बैठक आज प्रधानमन्त्री निवास बालुटारमा बस्दै

काठमाडौं, १० असार । नेकपाको स्थायी कमिटी बैठक आज प्रधानमन्त्री निवास बालुटारमा बिहान ११ बजे बैठक बोलाइएको छ । स्थायी कमिटी बैठकमा एमसीसी, कोरोना महामारी र अन्य समसामयिक विषयमा छलफल गरिने नेकपाले जनाए पनि एजेन्डाबारे आधिकारिक टुङ्गो भने लागेको छैन ।

बैठकमा स्थायी कमिटीका ४५ सदस्यसहित आमन्त्रित सदस्यका रुपमा पार्टीको अनुशासन समिति, लेखा समिति र निर्वाचन आयोग, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिष्ट मञ्चका संयोजकको पनि उपस्थिति रहनेछ । स्थायी कमिटी बैठकको तयारीका लागि विभिन्न तहका नेताहरू अनौपचारिक छलफलमा जुटेका छन् ।

बैठकबारे छलफलका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्रीसमेत रहनुभएका सचिवालय सदस्य रामबहादुर थापा बादलसँग छुट्टै भेट गर्नुभएको छ भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलसँग समेत भेटवार्ता गरेको जनाइएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्