लेदो पानी

चार दिनदेखि झण्डै ३ सय घरधुरी उपभोक्ता खोलाको लेदो पानी पिउनु वाध्य

गुल्मी, १० असार । गुल्मीको बलेटक्सारमा विद्युतको पोल ढलेर विद्युत अवरुद्ध हुँदा गाउँका बासिन्दा लिफ्टिङ सिस्टम खानेपानी उपभोग गर्नबाट बञ्चित भएका छन् । चार दिन अघि बलेटक्सारको लामीडाँडामा विद्युतको पोल ढलेको थियो । विद्युत अवरुद्ध हुँदा बलेटक्सार बजार लिफ्टिङ सिस्टम सुचारु हुन नसकेको हो ।

चार दिनदेखि झण्डै ३ सय घरधुरी उपभोक्ता खोलाको लेदो पानी पिउनु परिरहेको उपभोक्ता समितिका अध्यक्ष देवनारायण ज्ञवालीले बताए । ज्ञवालीले बुधबार विहान विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुखलाई पनि मर्मतका लागि आग्रह गरेको बताए ।

रुरुक्षेत्र गाउँपालिका–४ बलेटक्सारका बासिन्दा सदियौंदेखि खानेपानीको हाहाकार भोग्दै आएका हुँदा गुल्मी क्षेत्र नम्वर २ का सांसद तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले साढे ३ करोड रुपैयाँको लागतमा लिफ्टिङ सिस्टम खानेपानी योजना ल्याएका थिए ।

योजना सम्पन्न भई खानेपानी उपभोग गर्न थालिए पनि औपचारिक रुपमा उद्घाटन भई नसकेको अध्यक्ष ज्ञवालीले बताए । उक्त योजना सम्पन्न हुनु अघि बलेटक्सार बजारबासीले ट्याक्टरमा बोकिएको पानी दुुई रुपैयाँ लिटरको दरले किनेर खान बाध्य हुन्थे ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्