balatkar

सापटी रकम लिन बोलाएर बलात्कार

ललितपुर, १० असार । ललितपुरमा एक महिला बलात्‍कृत भएकी छन । सापटी रकम लिन बोलाएर बलात्कार गरेको आरोपमा ललितपुरमा एकजना पक्राउ परेका छन् ।

२५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महानगरपालिका–१४ तिखेदेवल बस्ने महोत्तरी मगहा नगरपालिका–२ का ३५ वर्षीय लालबाबु सदालाई प्रहरीले पक्राउ गरेको हो ।

गत जेठ २७ गते ती महिलालाई ललितपुर महानगरपालिका–१४ महालक्ष्मीस्थानस्थित निर्माणाधीन घरमा सापटी रकम लिन बोलाई जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्