पक्राउ

बैंकलाई झुक्याएको आरोपमा राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक पक्राउ

बाँके, १३ असार। बाँकेको नेपालगन्जमा रहेको त्रिभुवन चोकका शाखा प्रबन्धक ललितबहादुर शाही पक्राउ परेका छन्। बैंकलाई झुक्याएर ऋण लिएको अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

एक करोड २५ लाख रुपैयाँ ऋण लिएका सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढको मुद्दा अनुसन्धान गर्ने क्रममा प्रबन्धक शाहीलाई शुक्रबार पक्राउ गरिएको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिएका हुन् ।

जसगढले मालपोत कार्यालय, नेपालगन्ज उपमहानगरपालिकाको लेटरप्याड, हस्ताक्षर, छाप र प्रमुखको हस्ताक्षरसमेत किर्ते गरेका छन्। मुद्दाको अनुसन्धान गर्ने क्रममा बैंक प्रबन्धक शाहीलाई पनि पक्राउ गरिएको बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास खड्काले जानकारी दिएका छन्।

२५ लाख रुपैयाँभन्दा बढीको ऋण स्वीकृत गर्दा केन्द्रको अनुमति चाहिने प्रावधान रहेकाले नक्कली कागजपत्रकै आधारमा एक करोड २५ लाख ऋण प्रवाहमा बैंकका माथिल्लो तहका कर्मचारीको पनि संलग्नता भएको प्रहरीको अनुमान छ ।

शुक्रबार नै जिल्ला अदालत बाँकेबाट अनुसन्धानका लागि म्याद थप गरिएको छ। ‘किर्ते सरकारी कागजातका आधारमा ऋण दिँदा बैंक म्यानेजर जिम्मेवार हुने भएकाले र थप अनुसन्धानका लागि पनि उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको हो।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्