कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा कूल संक्रमितको संख्या ८३८

पोखरा १३ असार। गण्डकी प्रदेशमा आज ३२ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान विज्ञप्ति जारी गरी स्याङ्जामा २२, बागलुङमा ८ तथा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा २ जनामा कोरोना संक्रणमण पुष्टि भएको जनाएको छ ।

नयाँ संक्रमितमा बाग्लुङको ढोरपाटन नगरपालिकाका १ पुरुष र काठेखोला गाउँपालिकाका ७ पुरुष रहेका छन् । यस्तै, स्याङ्जाको पुतलीबजार नगरपालिकाका १ पुरुष, विरुवा गाउँपालिकाका १ पुरुष र अर्जुनचौपारी गाउँपालिका १३ पुरुष र ६ जना महिलामा संक्रमण पुष्टि भएको हो।

यसै गरी वालिङ नगरपालिकाका एक पुरुषमा पनि संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को हुप्सेकोट गाउँपालिकाका दुई पुरुषमा संक्रमण देखिएको हो । हुप्सेकोट र वालिङ नगरपालिकाका संक्रमित व्यक्ति आइसोलेसन कक्षमा बसिसकेको तथा अन्य पालिकाका सबै व्यक्तिलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन कक्षमा लैजाने तयाारी भइरहेको निर्देशक शर्माले जानकारी दिए।

प्रदेश क्षयरोग केन्द्र पोखरा, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ संक्रमण पुष्टि भएको हो जसमध्य गण्डकी प्रदेशमा हालसम्म बागलुङमा १५१, स्याङ्जामा १५८, नवलपरासीमा २१२, पर्वतमा ७२, मुस्ताङमा एक, कास्कीमा ३६, मनाङमा एक, लमजुङमा २३, गोरखामा ८२ र तनहुँमा १०२ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी अहिलेसम्म प्रदेशका विभिन्न अस्पतालमा उपचारपछि ११८ जना निको भएर घर फर्किएको निर्देशनालयले जनाएको छ । संक्रमित दुई जनाको भने मृत्यु भएको छ ।

प्रदेशमा नौ हजार ४५८ जनाको पिसीआर विधिबाट कोरोना परीक्षणका लागि नमूना संकलन गरिएकोमा सात हजार ९५८ जनामा संक्रमण नदेखिएको र ८०० जनाको नतिजा आउन बाँकी रहेको जनाइएको छ। यससँगै गण्डकीमा हालसम्म कूल संक्रमितको संख्या ८३८ पुगेको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्